जोन अब्राहम नेपाल आउँदै


१७ जेष्ठ २०७५, बिहीबार
john abraham

काठमाडौँ, १७ जेठ । पछिल्लो सयम बलिउडका नायक–नायिकाहरूको नेपाल आउने क्रम बढ्दो छ । यसैक्रममा चर्चित बलिउड नायक जोन अब्राहम पनि नेपाल आउने भएका छन् । john abrahamनायक जाेन अब्राहम ।

जोनले नेपाल चलचित्र सुटिङका लागि आउन लागेका हुन् । उनी अभिनित चलचित्र ‘आरएडब्लु–रोमियो अकबर वाल्टर’को लागि सुटिङको लागि नेपाल आउन लागेका हुन् ।

भारतीय मिडियाले अजय कपुरले निर्माण गर्ने नयाँ फिल्म ‘आरएडब्लु–रोमियो अकबर वाल्टर’ फिल्मको सुटिङ भइरहेको र उक्त चलचित्रको सुटिङ भारतका विभिन्न सहरका साथै नेपालमा पनि हुने पुष्टि गरेको छ ।

‘टाइम्स अफ इन्डिया’ले प्रकाशित गरेको एक समाचार अनुसार जोन अब्राहम ६० दिने सुटिङ तालिकाको लागि छिट्टै मुम्बई छाड्दै छन् । चलचित्रको सुटिङ नेपालको कुन कुन स्थानमा गरिनेछ भन्नेबारेमा समाचारमा उल्लेख छैन।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७