भक्तपुरमा साथीको कोठामा अचेत भेटिएका युवकको मृत्यु


२७ पुष २०८०, शुक्रबार
death
सांकेतिक तस्वीर

भक्तपुर । भक्तपुरको मध्यपुरठिमीस्थित एक घरको काठामा अचेत भेटिएका २६ वर्षीय युवकको मृत्यु भएको छ । मध्यपुरठिमी– ९ बोडेनिलबाराही २ नम्बर गेट नजिक रहेको ओमबहादुर खड्काको घरमा डेरा गरेर बस्ने सिन्धुपाल्चोकको लिसखुपाखर गाउँपालिका– ७ घर भएका २५ वर्षीय रोमन कार्कीको कोठामा उनका साथी २६ वर्षीय सुजन तामाङ बिहीबार बिहान अचेत भेटिएका थिए ।

उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । बिहीबार बिहान कोठामा अचेत अवस्थामा फेला परेका तामाङलाई उपचारको लागि प्रहरीले मध्यपुर अस्पताल पुर्‍याएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

तामाङ विगत पाँच दिनदेखि कार्कीको कोठामा बस्दै आएका अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । तामाङको घर पनि सिन्धुपाल्चोकको लिसखुपाखर गाउँपालिका– ७ नै हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी पाठकले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७