खेलकुद मन्त्री लिम्बूलाई पत्नी शोक


२७ पुष २०८०, शुक्रबार
ganga YOGOri9KPb

मोरङ । मातृ वियोगको केही महिना पछि नै युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नी शोक परेको छ । मन्त्री लिम्बूकी धर्मपत्नी गंगामाया लिम्बूको ५८ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ । लामो समयदेखि लिभर क्यान्सरको उपचार गराइरहेकी लिम्बूको घरैमा निधन भएको हो ।

शुक्रवार बिहान १० बजे स्थानीय लेटाङ ६ को गुवाबारीमा रहेको दाहसंस्का स्थलमा परम्परा अनुसार अन्त्येष्टि गरिने नेपाली काँग्रेसका क्षेत्रीय सभापति शंकर राईले जानकारी दिए । लिम्बूको एक छोरी र एक छोरा रहेका छन् । मन्त्री लिम्बूकी सासुआमाको गत बर्ष निधन भएको थियो । केही महिनाअघि आफ्नी आमाको समेत निधन भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७