खाद्य कम्पनीले माग्यो नवौंदेखि चौंथो तहसम्मका ६० कर्मचारी (सूचनासहित)


२७ पुष २०८०, शुक्रबार
khadya bebastha company ltd 20200321055649

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले नवौं तहदेखि चौंथों तहसम्मका पदका लागि ६० जना कर्मचारी माग गरेको छ । कम्पनीले नवौंदेखि चौथो तहसम्मका रिक्त रहेका विभिन्न पदहरूमा पदपूर्ति गर्नका लागि आज (शुक्रबार) सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।

जनअनुसार ६ जना सह–विभागीय प्रमुख, ३ जना सहायक विभागीय प्रमुख, प्रशासनतर्फ र कानुनतर्फ एक-एक जना वरिष्ठ अधिकृत, १२ जना अधिकृत, प्राविधिकतर्फका २ जना अधिकृत, ९ जना वरिष्ठ सहायक, प्राविधिकतर्फ २ जना वरिष्ठ सहायक, २ जना सब इन्जिनियरतर्फका वरिष्ठ सहायक र २२ जना प्रशासन सहायकमा दरखास्त माग गरिएको छ ।

आन्तरिक र खुला प्रतिस्पर्धाका लागि छुट्टाछुट्टै सूचना निकालिएको छ । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले माघ १८ गतेसम्म कम्पनीको अनलाइमार्फत आवेदन दिन सक्ने छन् ।
हेर्नुस् सूचना

1 4
2 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७