अध्यक्ष ओलीद्वारा पृथ्वी जयन्तीको शुभकामना व्यक्त


२७ पुष २०८०, शुक्रबार
Kp oli 3
फाइल फोटो

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा शुभकामना दिएका छन् । पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्तीका अवसरमा अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्, ‘शुभ बिहानी ! नेपालको भौगोलिक एकीकरणको नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्तीका अवसरमा उहाँप्रति उच्च सम्मान र श्रद्धा व्यक्त गर्दछु । पृथ्वी जयन्तीको सबैमा शुभकामना !’ राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७