‘प्रचण्ड’ को नेतृत्वमा माओवादीले बनायो पार्टी एकता संयोजन समिति

फागुन पहिलो साता विधान सम्मेलन


२८ पुष २०८०, शनिबार
mao standing comittee

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले पार्टी एकताका लागि एकता संयोजन समिति बनाएको छ । आज बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

विधान सम्मेलनका प्रतिनिधि छनोटका लागि मापदण्ड बनाइएको पनि उनले बताए । यस्तै आजकै बैठकमा माओवादीका प्रदेश इन्चार्जहरूले रिपोर्टिङ गरेका थिए । अध्यक्ष प्रचण्डले प्रदेश इन्चार्जहरूको रिपोटको संसलेषण गरेको उनले बताए ।

नेकपा माओवादी केन्द्रले फागुन पहिलो हप्ता विधान सम्मेलन गर्ने भएको छ । शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले फागुन १, २ र ३ गते विधान सम्मेलन गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनका अनुसार स्थायी कमिटी बैठकले प्रतिनिधि छनोटको मापदण्ड पनि बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७