इजरायली आक्रमणमा गाजामा कम्तीमा २० जनाको मृत्यु


२९ पुष २०८०, आईतवार
gaja dhunwa

गाजा । इजरायलले शनिबार बिहान गाजा सहरको एउटा घरमा आक्रमण गर्दा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको सरकारी प्यालेस्टाइन टीभीले जनाएको छ ।

प्यालेस्टाइनी सिभिल डिफेन्सको भनाइलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ, ‘गाजा सहरको अल–दराजनजिकै रहेको घरमा इजरायली बमबारीका कारण मृत्यु भएका २० जनाको शव फेला परेको छ ।’ मध्य गाजा सहरको अल–दराज छिमेकमा ठूलो भिडन्त भएको थियो । रासस/सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७