सामाजिक सञ्जालमा फर्किइन् सेलेना गोमेज


२९ पुष २०८०, आईतवार
Selena Gomez

लसएन्जल्स । अमेरिकी गायिका तथा अभिनेत्री सेलेना गोमेज सामाजिक सञ्जालमा फर्किएकी छन् । एक दिनअघि मात्र सामाजिक सञ्जालबाट केही दिनका लागि ‘ब्रेक’ लिने घोषणा गरेकी गोमेज घोषणाको २४ घण्टा नबित्दै सामाजिक सञ्जालमा झुल्किएकी हुन् ।

उनले इन्स्टाग्राममा सेफ गोर्डन रामसेसँगको सहकार्यमा कुकिङ भिडियो पोस्ट गरेकी छन् । ‘गोर्डनग्राम मेरो भान्सामा आए र बर्गर कसरी बनाउने भन्ने कुरा सिकाए’ ३१ वर्षीया सेलेनाले इन्स्टाग्राममा लेखेकी छन् । उनले इन्स्टाग्राममा बर्गर बनाउन सिकाउँदै गरेको भिडियो क्लिप पनि राखेकी छन् ।

१४ मिनेटको भिडियोमा ५७ वर्षे रामसेले सेलेनालाई बर्गरको सामाग्री बनाउन, अण्डादेखि टर्कि बेकनको प्रयोगलगायतका कुरा सिकाएका छन् । गत मंगलबार सेलेनाले इन्स्टाग्रामको स्टोरीमा निर्माता प्रेमी बेनी ब्लान्को र दुई बालबालिकासँग खेल्दै गरेको भिडियो पोस्ट गरेकी थिइन् । ‘म केही समयका लागि सामाजिक सञ्जालबाट टाढिँदैछु’, उनले लेखेकी थिइन्, ‘केही महत्वपूर्ण कुरामा ध्यान केन्द्रित गर्न चाहन्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७