पाकिस्तानमा आतंकवादीसँगको भिडन्तमा पाँच सैनिकको मृत्यु


२९ पुष २०८०, आईतवार
p

काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तमा आतंकवादीसँगको भीडन्तमा पाँच सैनिकको मृत्यु भएको छ । पाकिस्तानी सेनाको मिडिया इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले केच जिल्लाको बुलेदा क्षेत्रमा सुरक्षा बलले अपरेसन गरेको र सो क्रममा भिडन्त भएको जनाएको छ ।

यस क्रममा आतंककारीले सुरक्षा बलको गाडीलाई विस्फोट गराएका थिए । त्यसपछि दुवै पक्षबीच गोली हानाहान शुरू भएको थियो । ‘सुरक्षाकर्मीले तुरुन्तै गोलीबारीको जवाफ दिए र आतंककारीलाई प्रभावकारी रूपमा आक्रमण गरे’, आईएसपीआरले भनेको छ, ‘भिडन्तमा तीन आतंककारी र पाँच सैनिकको मृत्यु भएको छ ।’ आतंककारीलाई हटाउन उक्त क्षेत्रमा सेनाले थप अपरेसन चलाइरहेको जनाएको छ । बलुचिस्तानमा शान्ति र स्थिरता कायम गर्न पाकिस्तानको सुरक्षा बल कटिबद्ध रहेको सेनाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७