एमाले हेटौंडा–८ ले बनायो आफ्नै पार्टी कार्यालय भवन


१ माघ २०८०, सोमबार
h

मकवानपुर । नेकपा (एमाले) हेटौंडा उपमहानगरपालिका–८ कमिटीले कमानेमा आफ्नै पार्टी कार्यालय भवन निर्माण गरेको छ । वडा कमिटीको आफ्नै जग्गामा पार्टी भवन निर्माण गरिएको हो । एमालेका संगठित सदस्य, साधारण सदस्यहरु, शुभचिन्तकहरुको सहयोगमा पार्टी कार्यालय भवन निर्माण गरिएको भवन निर्माण समितिका संयोजक एमाले मकवानपुर जिल्ला कमिटीका सदस्य कुमार केसीले जानकारी दिए ।

उनका अनुसार पार्टी कार्यालय भवन निर्माण गर्नका लागि ढुंगा, इट्टा, बालुवा, सिमेन्ट, रड लगायतका सामाग्रीहरुको सहयोग प्राप्त भएको थियो । भवन निर्माण गर्नका लागि करिब ६ महिना लागेको थियो । कुल २५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको पार्टी कार्यालय भवनमा एउटा हल, कार्यालय कोठा, शोचालय रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७