मृत्त भेटिएका राधेकी श्रीमतीको पनि मृत्यु, चार महिनाअघि मात्रै गरेको थिए प्रेम विवाह

सन्दिग्ध तीन जना प्रहरीको नियन्त्रणमा


२ माघ २०८०, मंगलवार
Radhe

महोत्तरी । महोत्तरीको लोहारपट्टीका राधे सहनीकी श्रीमतीको पनि निधन भएको छ । धनुषामा सोमबार मृत्त भेटिएका लोहारपट्टी नगरपालिका–३ महदैयाका २२ वर्षीय राधेकी श्रीमती अस्मिता शर्माको पनि मृत्यु भएको हो ।

गम्भीर घाइते अवस्थामा भेटिएकी २० वर्षीया अस्मिताको प्रादेशिक अस्पतालमा उपचारका सोमबार राति ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए । राधे सोमबार बिहान धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पकडियास्थित सडक छेउको गहुँबारीमा मृत्त भेटिएका थिए ।

चार महिनाअघि राधे र पकडियाकी अस्मिताबीच प्रेम विवाह भएको थियो । विवाहपछि दुवै जना क्षिरेश्वरनाथ नगरपालिकाकै महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए । मोटरसाइकल दुर्घटनामा परी राधेको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । गम्भीर घाइते अस्मितालाई राधेका साथीहरूले अचेत अवस्थामा माइतीले पुर्‍याए थिए । तीन जना साथीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनास्थलमा मोटरसाइकलका टुक्राहरू भेटिएको थियो । घटनास्थल हेर्दा उनी दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ । तर, दुर्घटना भएको मोटरसाइकल घटनास्थलमा नभेटेपछि घटनालाई शंकास्पद रुपमा हेरिएको । धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन‌‌‌ अवाले भने, ‘घटनास्थलमा मोटरसाइकल फेला नपरेपछि घटना शंकास्पद छ । तर, मोटरसाइकल भेटिसकेको छ । अर्काकै मोटरसाइकल थियो । ती व्यक्तिले मोटरसाइकल लगेका थिए । अहिले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’ राधेसँगै अर्को मोटरसाइकलमा आइरहेका दुई युवक र दुर्घटना भएको मोटरसाइकलका धनीलाई नियन्त्रणमा लिएको डीएसपी अवाले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७