महँगिदै इन्टरनेट महसुल, कति बढ्यो महसुल ?


१७ जेष्ठ २०७५, बिहीबार
karnalima fast internet service eight di 44857

काठमाडौं, १७ जेठ । बढ्दो आधुनिकता र जीवनशैलीले इन्टरनेट मानिसको जीवन पद्दतिसाग जोडिइसकेको छ । इन्टरनेटकै कारण हामी एकैछिनमा देश विदेशका घटनाबारे जानकार हुन सकेका छौं ।karnalima fast internet service eight di 44857

मानिसको जीवनको अभिन्न पाटो बनिसकेको इन्टरनेटको दस्तुर महँगो रहेको गुनासो भइरहेका बेला सरकारले भने यो सेवालाई थप महँगो बनाउने तयारी थालेको छ । सरकारले दुरसञ्चार सेवा अन्र्तगत इन्टरनेटमा पनि थप १३ प्रतिशत दस्तुर लगाउने भएको छ । योसँगै इन्टरनेटसेवामा पनि ग्राहकले थप दस्तुर तिर्नु पर्ने भएको छ ।
सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको बिधेयक २०७५ ले दूरसञ्चार सेवा दस्तुर शीर्षकमा इन्टरनेटले पनि ग्राहकबाट लिने महसुलको १३ प्रतिशत रकम दूरसञ्चार सेवा दस्तुर बापत उपलब्ध गराउनु पर्ने उल्लेख गरेको छ ।

यसअघि टेलिफोन, मोबाइल जस्ता दूरसञ्चार सेवा उपलब्ध गराउने निकायले ग्राहक महसुलको १३ प्रतिशत सेवा दस्तुर वापत उपलब्ध गराउनुपर्ने थियो । तर इन्टरनेटले यसअघि १३ प्रतिशत भ्याट तिर्दै आएको बताउँदै वल्र्डलिङ्कका जनसम्पर्क अधिकृत निर्देशक लक्ष्मण यादवले सरकारले फेरि ग्राहक महसुलको १३ प्रतिशत सेवा दस्तुर थप गरेर ग्राहकलाई नै मारमा पारेको आरोप लगाए ।

यसअघि यस्तो महसुल इन्टरनेट प्रदायक कम्पनीले तिर्नुपर्दैन थियो तर अहिले इन्टरनेटलाई पनि यसमा जोडिएको छ उनले भने । उनी थप्छन्, ग्रामीण दूरसञ्चार सेवा (आरटिडिएस) २ प्रतिशत, रोयल्टी वापत ४ प्रतिशत, टिडिएस १० प्रतिशत, फाइबर कस्टम १५ प्रतिशत, भ्याट १३ प्रतिशत गरी ४४ प्रतिशत कर यसअघि नै लाग्ने गरेकोमा अहिले दुरसञ्चार सेवा दस्तुरमा १३ प्रतिशत थप गरेर ५७ प्रतिशत पुगेको छ, यसले अब इन्टरनेट प्रयोगकर्ता मारमा पर्ने देखिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७