काठमाडौंमा शौचालयभित्रै युवतीको हत्या गरी फरार समर नौं वर्षपछि समातिए


१६ बैशाख २०८१, आईतवार
Sambar Bahadur Sarki E2024 04 28 05 04 59

काठमाडौं । प्रहरीले कर्तव्य ज्यानसम्बन्धी घटनामा नौं वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै २०७१ साल कार्तिक १ गते काठमाडौं सेतिदेवीमा एक महिलाको हत्या गरी फरार रहेका म्याग्दी घर भएका समरबहादुर सार्कीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

उनले सेतिदेवी, तौथली कुष्ठरोग आरोग्य आश्रमको शौचालयभित्र म्याग्दी कुहु घर भएकी २३ वर्षीया सुनमाया किसान (सार्की) को हत्या गरेका थिए । सुनमायाले मोबाइलमा ठूलो स्वरले कुरा गरेको विषयमा विवाद भएपछि झगडा हुँदा समरबहादुरले हत्या गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका डिएसपी सुरक्षा केसीले बताए । बैशाख १६ गते काठमाडौंको चाल्नाखेल क्षेत्रबाट पक्राउ परेका समरबहादुरलाई कारबाहीका लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७