तीन संसदीय समितिको बैठक बस्दै, यी विषयमा हुनेछ छलफल


३ माघ २०८०, बुधबार
Parliment house samsad bhawans

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा आज (बुधबार) त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित कानूनी व्यवस्था (प्रत्यायोजित विधायन) र सरकारी आश्वासन सम्बन्धमा छलफल हुने भएको छ ।

छलफलका लागि त्रिविका उपकुलपति प्रा.डा.शिवलाल भुसाललाई बोलाइएको छ । बैठक बिहान साढे ११ बजे बस्ने तय भएको संसद सचिवालयले जनाएको छ । यस्तै राष्ट्रिय सभाकै राष्ट्रिय सरोकार तथा समन्वय समितिमा बुधबार सडक सुरक्षाको विषयमा छलफल हुने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा सडक सुरक्षा र नागरिक अधिकारका सम्बन्धमा स्वतन्त्रता अभियान नेपालबाट भएका काम कारवाहीबारे छलफल हुनेछ ।

विद्यालय शिक्षा विधेयकमाथि निरन्तर छलफल गरिरहेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बस्दैछ । विद्यालय शिक्षासम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकबारे विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको बैठक दिउँसो सवा १२ बजे बस्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७