उस्तै परे गठबन्धन भत्काइन्छ, मिसन ०८४ पर्खिएर हुँदैन : अध्यक्ष ओली

‘सरकार भ्रष्टाचार, तस्करी र कमिसनखोरीको संरक्षक बन्यो’


४ माघ २०८०, बिहीबार
kp

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई बुख्याचाको संज्ञा दिएका छन् । आज (बिहीबार) पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी निकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै उनले देश बर्बाद हुँदै गएको भन्दै मिसन ०८४ कुर्न नसक्ने अवस्था आउने बताए ।

उनले बर्बादी नरोकिए वर्तमान गठबन्धन भत्काएर भए पनि सरकार सञ्चालन गर्ने आशय व्यक्त गरे । अध्यक्ष ओलीले वर्तमान सरकार भ्रष्टाचारी र भ्रष्टाचारीहरुको संरक्षणमा लागेको आरोप समेत लगाए । उनले अहिलेको सत्ता गठबन्धनका नेताहरु देशद्रोही जातका भएको बताए । उनले देश नअहिले अफ्ठ्यारो स्थितिमा रहेको भन्दै नेकपा एमालेले सबै क्षेत्रबाट देशलाई जोगाउनुपर्ने जिकिर गरे ।

उनले मिसन ०८४ मा हरेक ठाउँमा ५१ प्रतिशतभन्दा बढी आफ्नो शक्ति बनाउने गरी अघि बढ्न आवश्यक रहेकोमा जोड दिए । उनले भने, ‘हामीले मिसन ०८४ पर्खिन नसक्ने पनि अवस्था आउन सक्छ । देश बर्बाद भयो भने मिसन ०८४ भनेर पर्खिएर हुँदैन । उस्तै पर्‍यो भने हामीले यो गठबन्धन भत्काएर, यतापट्टी यो लोभिपापी नभत्किन सक्छन् । एक पटक एक जनाले भनेका थिए, फलानासँग मेरो गर्धन र घाँटी जोडिएको छ । यिनीहरुको सबैको घाँटी एकै ठाउँमा जोडिएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७