जाजरकोट भूकम्प पीडितलाई हुम्लाको सहयोग


४ माघ २०८०, बिहीबार
Jajarkot bhukampa pidit 2

सिमकोट । जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितलाई हुम्लाको सिमकोट गाउँपालिकाले रु एक–एक लाख प्रदान गरेको छ । भूकम्पमा ज्यान गुमाएका र पीडित परिवारलाई आर्थिक सहयोगस्वरुप सिमकोट गाउँपालिकाले आज जिल्ला प्रशासन कार्यालय हुम्लामार्फत उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेललाई रु एक–एक लाखको चेक सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, प्रमुख प्रशासकीय अधिकृत सुवास आले, गाउँपालिका लेखा प्रमुख विशाल बोहराले संयुक्तरूपमा हस्तान्तरण गरेका हुन् ।
विपद्का बेला सहयोग गर्नु मानवीय धर्म भएको र थोरै भए पनि पीडितलाई सहयोग गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए । सिमकोट गाउँपालिकाले जिल्ला र जिल्ला बाहिरका भूकम्प, आगलागी, बाढीपहिरोलगायत विपद्मा परेकालाई सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७