राजश्व छलेको आरोपमा दुई करोड नगदसहित कपडा व्यापारी नरेश अग्रवाल पक्राउ

हुण्डी र क्रिप्टो करेन्सीमा संलग्न आशंकामा निगरानीमा थिए अग्रवाल


५ माघ २०८०, शुक्रबार
rajaswa 1

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजश्व छली गरेको आरोपमा कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ ।
बिहीबार राति क्षेत्रपाटीस्थित उनको निवासमा विभागको टोलीले छापा मारी दुई करोड नगदसहित उनलाई पक्राउ गरेको हो । उनीमाथि हुन्डी र सुन कारोबार गरी राजश्व छली गरेको आरोप छ । अग्रवालको साथबाट दुई हजार अमेरिकी डलर पनि बरामद भएको विभागले जनाएको छ ।

अग्रवाल सुन र हुन्डी कारोबारमा संलग्न भएको विषयमा थप अनुसन्धान भइरहको विभागका एक अधिकारिले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार अवैध धन्दामा लागेको शंकामा अग्रवाललाई लामो समयदेखि निगरानीमा राखिएको थियो । उनी क्रिप्टोकरेन्सीमा समेत संलग्न रहेको विभागको अनुमान छ । अहिले उनलाई राजस्वको हिरासतमा राखिएको छ ।

समाचारमा यसअघि भुलबस अन्य तस्वीर पर्न गएकोले सच्याइएको छ । यसबाट सम्बन्धित पक्षलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दैछौं । –सम्पादक

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७