द्वन्द्वले इथियोपियामा ३५ लाख मानिस विस्थापित


६ माघ २०८०, शनिबार
Ethopia

काठमाडौं । इथियोपियामा करिब ३५ लाख मानिस विस्थापित भएका छन् । ती विस्थापितमध्ये आधाभन्दा बढी द्वन्द्वका कारण विस्थापित भएको संयुक्त राष्ट्रसंघीय निकायको अन्तरराष्ट्रिय आप्रवासन संगठनको नयाँ प्रतिवेदनमा उल्लेख छ ।

आईओएमले शुक्रबार जारी गरेको राष्ट्रिय विस्थापन प्रतिवेदनले इथियोपियामा द्वन्द्वका अतिरिक्त १२ क्षेत्रमा कुल ३५ लाख मानिस आन्तरिक रूपमा विस्थापित भएको जनाएको छ । संयुक्त राष्ट्रसंघ एजेन्सीले पूर्वी अफ्रिकी देश एक पटक पुनः गम्भीर मानवीय संकटमा पर्ने चेतावनी दिएको छ ।

इथियोपियामा मानवीय संकट, मुख्यतया बाढी र खडेरी, सशस्त्र द्वन्द्व, रोगको प्रकोप साथै आर्थिक संकटले निम्त्याएको छ ।
त्यसैगरी विश्वभर अत्यावश्यक वस्तुको बढ्दो मूल्य, मुद्रास्फीति र स्थानीय मुद्राको निरन्तर अवमूल्यनका बीच यी जटिलताले विस्थापन, खाद्य असुरक्षा, कुपोषण, रोगको प्रकोप र बढ्दो सुरक्षा चिन्ता थपेको राष्ट्रसंघ एजेन्सीले जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७