एपिएफलाई टाइगर कप राष्ट्रिय भलिबलको उपाधि


६ माघ २०८०, शनिबार
DG AnnapurnakaskiIMG 9944 1

कास्की । विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले पोखरामा आयोजना भएको चौथो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल’को उपाधि चुमेको छ ।

पोखरा रङ्गशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा आज सम्पन्न महिलातर्फको फाइनलमा चन्द्रागिरि न्यूडायमण्ड क्लब काठमाडौँलाई सोझो सेटमा पराजित गरी साविक विजेतासमेत रहेको एपिएफ च्याम्पियन बनेको हो । यससँगै एपिएफले उपाधिमा ह्याट्रिक गर्न सफल भयो ।

उपाधिसँगै एपिएफले रु पाँच लाख ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त ग¥यो । उपविजेता बनेको न्यूडायमण्ले रु दुई लाख ५५ हजार पाँच सय ५५ मा चित्त बुझायो । एपिएफले पहिलो सेटको खेल २५–२०, दोस्रो सेट २५–१८ र अन्तिम सेट २५–२१ ले डायमण्डलाई हराएको हो ।

विसं २०७७ देखि सञ्चालन भएको प्रतियोगितामा एपिएफले दोस्रो र तेस्रो संस्करणको उपाधि जितेको थियो । पहिलो संस्करणमा महिलातर्फ नेपाल पुलिस क्लब च्याम्पिन बनेको थियो । महिलातर्फ प्रतियोगितामा छ टोलीले सहभागिता जनाएका थिए । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यही माघ १ गतेदेखि पोखरामा प्रतियोगिता सञ्चालन भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७