पार्किङ निषेधपछि न्युरोडका व्यावसायी सटर बन्द गरेर सडकमा


९ माघ २०८०, मंगलवार
Sadak

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आज (मंगलबार) देखि सडकमा पार्किङ गर्न रोक लगाएपछि न्युरोड क्षेत्रका व्यावसायीले विरोधमा उत्रिएका छन् ।

न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आजदेखि पार्किङ गर्न निषेध गरिएपछि सटर बन्द गरेर व्यवसायी सडकमा विरोध प्रदर्शनमा उत्रिएका हुन् । सवारी आवागमनलाई सहज बनाउन महानगरले विकल्प दिँदै पार्किङ रोके पनि व्यवसायीले विरोध गरेका हुन् । पार्किङ गर्न नदिएपछि ग्राहक नआउने भन्दै व्यवसायीले विरोध जनाएका हुन् । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि

न्युरोडको कालोपत्र सडकमा सवारी साधन पार्किङ गर्न रोकेको हो । न्युरोड क्षेत्रमा मंगलबार बिहान पार्किङ गरिएका सवारी साधन महानगर प्रहरी टोलीले हटाएका थिए । महानगरले न्युरोडको पार्किङको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइएको जानकारी दिएको छ ।

newroad

प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले काठमाडौं टावरमा तीन सय वटा चारपाङ्ग्रे र सात सय वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने बताए । धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको महानगरले जनाएको छ । यसअघि महानगरले झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७