२०८० माघ १२ गते शुक्रबारको तपाईको राशिफल

माघ कृष्ण प्रतिपदा पञ्चाङ्ग : प्रीति बालव पुष्य


१२ माघ २०८०, शुक्रबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । आर्थिक कारोबारमा विवाद आउनेछ । खानपिनमा सचेत रहनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्ने छ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सानातिना समस्यामा अल्झनुपर्नेछ । पाचन प्रणालीमा समस्या देखिनसक्छ । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती कार्य गर्न पुगिएला सचेत रहनुहोला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
न्यायिक कार्यमा सफलता मिल्ने छ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज निर्णय कार्यान्वयन हुन गारो होला । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला । जोश। जाँगर र आत्मबलमा कमी आउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
विशिष्ट व्यक्तिको साथ पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । परोपकारका क्षेत्रमा लगानीको समय छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्ने छ । कार्यमा सफलता पनि पाइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज
धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । अध्ययन अध्यापन सफल रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचे जस्तै लाभ प्राप्ति हुने योग पनि छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्ने छ । प्रणय सम्बन्ध र रतिराग बढाउने समय छ । घरमा पाहुनाको आगमन हुने पनि छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने हुनाले सार्वजनिक पद पाउने योग रहेको छ । भौतिक सुख पनि मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनु हुनेछ । रमाइलो यात्राको योग रहेको छ । मित्र वर्गबाट सोचे जस्तो लाभ प्राप्त हुनेछ । राशिफल जे जस्तो भए पनि तपाईंको दिन मङ्गलमय रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७