बेलायतका राजा चार्ल्स तृतीय अस्पताल भर्ना


१३ माघ २०८०, शनिबार
charls

बेलायत । बेलायतका राजा चार्ल्स तृतीय ठूलो प्रोस्टेटको उपचारका लागि अस्पताल भर्ना भएका छन् । निर्धारित उपचारको लागि शुक्रबार लण्डनको एक निजी अस्पतालमा भर्ना गरिएको हो । जसलाई बकिंघम प्यालेसका अनुसार राजाको हालको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

उनको उपचार प्रभावकारी र सकारात्मक भएको भन्दै दरबारले खुशी ब्यक्त गरेको छ । ‘महाराजाले स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिनु भएको छ,’ दरबारद्वारा जारी बिज्ञप्तिमा भनिएको छ । राजाको उपचारको बारेमा कुनै थप अपडेट गरिएको छैन । यो अझै अस्पष्ट छ कि उनी कति समयसम्म अस्पतालमा रहने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७