भुटानी क्लब पारो एफसीलाई हराउँदै थ्रीस्टार आहारारा गोल्ड कपको सेमिफाइनलमा


१३ माघ २०८०, शनिबार
Aaha rara three star 2
फुटबल प्रतिस्पर्धा पोखरा,१३ माघ : पोखरा रङ्गशालामा जारी मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा पोखरा गोल्डकप’ फुटबल प्रतियोगितामा शनिबार पाहुना टोली भुटानको पारो फुटबल क्लब र थ्रीस्टार क्लब बिचको प्रतिस्पर्धा । तस्बिर : राधिका कँडेल/रासस

कास्की । पोखरा रङ्गशालामा आहा ! रारा पोखरा गोल्डकप फुटबलको आज क्वार्टर फाइनलको पहिलो खेल थियो । सार्वजनिक बिदा भएकाले साधारणतथा भिआइपी प्यारापिटमा दर्शक उल्लेख्य थिए ।

प्रतिस्पर्धामा उत्रिएका थिए नेपालको थ्रिस्टार क्लब र विदेशी पाहुना टोली भुटानको पारो फुटबल क्लब । खेलको पहिलो र दोस्रो हाफको समयमा दुवै टोलीले गोलरहित बराबरी खेले । नियमित समयमा दुवैले बराबरी खेलेपछि ३० मिनेटको समय थप गरिएको थियो । अतिरिक्त समयको पहिलो १५ मिनेटमा पनि गोल निस्केन । खेलको निर्णय पेनाल्टी सुटआउटमा हुने आकलन गरिएको थियो ।

Aaha rara three star 1

तर खेल सकिन छ मिनेटको समय बाँकी रहँदा थ्रिस्टारले पाुहना टोलीलाई स्तव्ध पार्दै गोलको खाता खोल्यो । पहिलो गोलपछि उत्साहित थ्रिस्टारले केही समयमै पुनः अर्को गोल थप्यो । अन्तिम केही मिनेट सम्हालिन नसक्दा पाहुना टोली पारो थ्रिस्टार क्लबसँग २–० गोलअन्तरले पराजित हुँदै घर फर्किन बाध्य बन्यो ।

थ्रिस्टारका लागि दुवै गोल आशीष चापागाईले गरे । अत्यन्त प्रतिस्पर्धात्मक खेलको एक सय १४औं र खेल सकिन एक मिनेट समय बाँकी छँदा चापागाईँले गोल गरेका थिए । नियमित समयमा दुवै टोलीले गोलका केही सुन्दर मौका खेर फालेका थिए । थ्रिस्टार क्लबले प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारालाई पराजित गरी क्वार्टर फाइनलमा प्रवेश गरेको थियो । पाहुना टोली पारो भने सिधै क्वार्टर फाइनल खेलेको हो ।

प्रतियोगिताअन्तर्गत आइतबार दोस्रो क्वार्टर फाइनलको खेल सङ्कटा क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकाबीच हुने आयोजक सहारा क्लबका अध्यक्ष केशवराज बरालले बताए । यही माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइलन खेल माघ २० गते हुनेछ । प्रतियोगितको विजेताले रु १२ लाख एक हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी उपविजेता टोलीले रु छ लाख एक हजार नगदसहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ । प्रतियोगितामा एक विदेशीसहित १२ टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७