जाडोमा भुईमा सुतिरहेका चार सय विपन्न परिवारलाई खाट वितरण


१४ माघ २०८०, आईतवार
Khatiya distribute 1706407812

झापा । झापाको शिवसताक्षी नगरपालिका–४ ले यहाँका विपन्न परिवारलाई खाट वितरण गरेको छ । शिवसताक्षी–४ ले यहाँका ४०० विपन्न परिवारलाई खाट वितरण गरेको हो ।

विपन्न समुदायले जाडोमा चिसो भुइँमा सुत्नुपर्ने बाध्यतालाई दृष्टिगत गरी खाट वितरण गरिएको वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले बताए । ‘वडामा अधिकांश विपन्न समुदायको बसोबास छ’, उनले भने, ‘घरमा खाट नहुनेलाई खाट वितरण गरेका हौं ।’

शिवसताक्षी–४ स्थित झापा इनर्जीमा सोलार प्यानल ढुवानीका क्रममा आएको प्लाइउड प्रयोग गरेर खाट बनाइएको वडाध्यक्ष प्रसाईले बताए । खाट बनाउन प्रयोग भएका थप काठ र निर्माण खर्च विभिन्न संघसंस्थाबाट प्राप्त भएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७