प्रहरी असई भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा


१४ माघ २०८०, आईतवार
Akhtiyar

काठमाडौं । नेपाल प्रहरी सहायक निरीक्षक (असई) गजेन्द्रसिंह भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी चौकी खडैचा बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक भण्डारीविरुद्ध ८ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरी घिमिरेले कृषि प्रयोजनका लागि ल्याइएको युरियासहित बरामद भएको मोटरसाइकल छोडिदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिएको पुष्टि भएकाले आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको जानकारी दिए । उनलाई अख्तियारको टोलीलाई पुस २५ गते घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७