राष्ट्रपतिसँग फ्रेडरिक एबर्ट स्टिफटुङका ग्लोबल प्रेसिडेन्टको भेट


१७ माघ २०८०, बुधबार
r 2

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग जर्मनीको फ्रेडरिक एबर्ट स्टिफटुङका ग्लोबल प्रेसिडेन्ट डा. मार्टिन सुल्जले शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति निवास शितल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल र जर्मनीबीच दौत्यसम्बन्ध स्थापना भएदेखि सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गरे । उनले फ्रेडरिक एबर्ट स्टिफटुङले काठमाडौँस्थित आफ्नो कार्यालयबाट राजनीति, सुशासन, अर्थतन्त्र एवम् लोकतन्त्रको क्षेत्रमा सक्रियताका साथ उल्लेखनीय काम गर्दै आएकोमा खुशी समेत व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७