ठूलो परिणाममा नक्कली नोटसहित दुई जना पक्राउ, नोटको विवरण आउन बाँकी


१८ माघ २०८०, बिहीबार
nakkali not
फाइल फोटो

जनकपुरधाम । सर्लाही प्रहरीले ठूलो परिमाणमा नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी टोलीले हरिवन नगरपालिका–११ कडरिया चौकबाट दुई जनालाई पक्राउ गरेको हो ।

सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण धितालका अनुसार बरामद नक्कली नोट गणनाको काम भइरहेको छ । प्रहरीका अनुसार नोटबारेको विस्तृत विवरण केहीबेरमा आउने छ । यसअघि मंगलबार राति करिब ९ बजे मलंगवा नगरपालिका–३ नगरपालिका चोकस्थित अण्डा पसलबाट १ हजार रुपैयाँ दरको २ वटा नक्कली नोटसहित प्रहरीले श्रीमान् र श्रीमतीलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७