सुनवलमा बस र टिपर जुध्दा १७ जना घाइते (नामसहित)


१९ माघ २०८०, शुक्रबार
Accident
तस्वीर स्रोत : जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी

काठमाडौँ । पश्चिम नवलपरासीको सुनवलमा गए राति बस र टिपर जुध्दा १७ यात्रु घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर छ ।

बिहीबार राति पौने १० बजे सुनवल नगरपालिका– ४ गैरै पेट्रोलपम्प नजिकै काठमाडौँबाट बाजुरातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेशको ०१–००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु.२ ख १६९६ नम्बरको टिप्पर आपसमा ठोकिएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकामध्ये नवलपरासी देवचुली नगरपालिका– १२ का ३२ वर्षीय प्रकाश न्यौपानेको अवस्था गम्भीर रहेको पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी रमेश बोहराले जानकारी दिएका छन् । उनलाई राति नै बुटवलमा सामान्य उपचार गरी थप उपचारको रुपन्देहीतर्फ रेफर गरिएको छ ।

दुर्घटनाका घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र देवदह मेडिकल कलेज रुपन्देहीमा उपचार भइरहेको डीएसपी खरेलले जानकारी दिए । बसमा सवार ३५ जनामध्ये १७ जना घाइते भएका हुन् । बाँकी यात्रु सकुशल छन् । दुर्घटनापछि टिपर चालक नवलपरासीको सुनवल– १० का २८ वर्षीय सुनिल दर्जीलाई प्रहरीले पक्राउ गरेको छ ।

देवदह मेडिकल कलेज भलुही रुपन्देहीमा उपचार भइरहेका घाइते
१. बस चालक जिल्ला कैलाली चुरे गा.पा. ४ बस्ने वर्ष अं. ३९ को कर्ण बहादुर सावदको टाउको र कम्मरमा चोट अवस्था मध्यम ।
२. जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका –१२ नयां बस्ने वर्ष अं. ३४ को गिरिराज भुसालको टाउकोमा चोट अवस्था मध्यम ।
३. जिल्ला कञ्चनपुर बेलौरी न.पा.–१० बस्ने वर्ष अं. २५ को सुनिल पालको टाउको र शरीरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।
४. जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका –४ बस्ने वर्ष अं. १६ को सुजन बुरलाकोटीको हात खुट्टामा चोट अवस्था सामान्य ।
५. जिल्ला बाजुरा कोल्टी न.पा.–९ बस्ने वर्ष अं. ४० कि (महिला) राजु थापाको बायां खुट्टाको तिघ्रामा चोट अवस्था सामान्य ।
६. ऐ.ऐ. निजको छोरा बस्ने वर्ष अं. १६ को लक्ष्मण थापाको दाहिने हात र घुडामाको चोट अवस्था मध्यम ।
७. ऐ.ऐ. बस्ने निजको छोरा बर्ष अं. ३ को सुनिल थापाको हात खुट्टामा चोट अवस्था सामान्य ।
८. जिल्ला नवलपुर देवचुली न.पा.–१२ गैडी बस्ने वर्ष अं. ३२ को प्रकाश न्यौपानेको टाउकोमा चोट अवस्था गम्भीर ।
९. जिल्ला बर्दिया मधुबन न.पा.– ७ बस्ने वर्ष अं. २५ को बिनोद थापाको भित्री छातीमा चोट अवस्था मध्यम ।
१०. जिल्ला नवलपरासी सुनवल न.पा.– ८ बस्ने वर्ष अं. ६३ को बलराम उबरकोटीको बांया हातमा चोट अवस्था सामान्य ।
११. ऐ.ऐ. बस्ने निजको छोरा वर्ष अं. ३० को बलदिप नेपालीको टाउको सुन्निएको अवस्था मध्यम ।
१२. ऐ.ऐ. बस्ने निजको छोरा वर्ष अं. ३९ को भुपाल नेपालीको दाहिने हातमा चोट अवस्था सामान्य ।
१३. जिल्ला बाजुरा हिमाली गा.पा.–७ बस्ने वर्ष अं. ६० कि टिकादेवी सन्यालको टाउको र छाथिमा चोट अवस्था मध्यम ।

लुम्बिनी प्रादेशिक अस्तपाल बुटवल रुपन्देहीमा उपचार भइरहेका घाइते
१४. जिल्ला बाजुरा बुढीनन्द न.पा.–१ बस्ने वर्ष अं. ५१ को खडकराज गिरीको दाहिने कुममा चोट अवस्था सामान्य ।
१५. ऐ.ऐ. बस्ने निजको श्रीमती वर्ष अं. ४५ कि चन्द्र गिरीको हात खुट्टामा चोट अवस्था सामान्य ।
१६. जिल्ला बाजुरा दुर्गाथली गा.पा. –४ बस्ने वर्ष अं. २९ को किशोर भण्डारीको खुट्टामा चोट अवस्था सामान्य ।
१७. जिल्ला बाजुरा गौमुल गा.पा. –६ बस्ने वर्ष अं. १८ को महेश रोकायको दुबै हात खुट्टामा चोट अवस्था सामान्य ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७