अमेरिकाले सिरिया र इराकमा इरानी लक्ष्यहरूमाथि आक्रमण गर्ने, मध्यपूर्वमा थप तनाब बढने


१९ माघ २०८०, शुक्रबार
rusi

वासिंगटन डिसी । इरान र अमेरिकाको बीचमा जारी तनावको बीचमा अमेरिकाले इराक र सिरियामा इरानी लक्ष्यहरूमा आक्रमणहरूलाई अनुमति दिएको छ ।

अमेरिकाले सिरिया र इराकमा इरानी लक्ष्यहरूमाथि आक्रमण गर्ने योजनालाई अनुमोदन गरेको अधिकारीहरूले बताएका हुन् । यससँगै केही दिनदेखि चलिरहेको अनुमानको अन्त्य भएको छ । उल्लेखनीय छ कि जोर्डनमा ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएको थियो । त्यसपछि अमेरिकाले कहिले बदलाको कारबाही गर्छ भन्ने अड्कलबाजी गरिएको थियो ।

आइतबार जोर्डनको एक बेसमा ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस हमलाको लागि इरान समर्थित आतंकवादीलाई दोष दिएका थिए र कडा कारबाही गर्ने कुरा गरेका थिए । उनले यस विषयमा तथ्य संकलन गरिरहेको बताए । ‘हामीलाई थाहा छ कि यो सिरिया र इराकमा सक्रिय कट्टरपन्थी इरान समर्थित आतंकवादी समूहहरूले गरेको हो’ उनले भनेका थिए ।

ह्वाइट हाउस नेशनल सेक्युरिटी काउन्सिलका रणनीतिक सञ्चार संयोजक जोन किर्बीले आक्रमणमा ३० भन्दा बढी अमेरिकी सैनिक पनि घाइते भएको र अस्पताल भर्ना गरिएको बताएका थिए । किर्बीले भने, ‘हामी अर्को युद्ध चाहँदैनौं । हामी तनाव बढाउन चाहँदैनौं तर हामी निश्चित रूपमा यस क्षेत्रमा आफ्नो रक्षा गर्न, यो मिसन जारी राख्न र यी आक्रमणहरूको उचित जवाफ दिनको लागि आवश्यक पर्ने सबै गर्नेछौं । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७