भारतसँग पराजित भएसँगै टुङ्गियो नेपाली युवा टोलीको विश्वकप यात्रा


२० माघ २०८०, शनिबार
u19 nepal vs indea

काठमाडौँ । आईसीसी यू–१९ विश्वकपको सुपर सिक्सको आफ्नो अन्तिम खेलमा भारतसँग पराजित हुँदै नेपाली युवा टोलीको विश्वकप यात्रा टुङ्गिएको छ । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग १३२ रनले पराजित भएको छ ।

दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा भएको सुपर सिक्स खेलमा नेपालले भारतसँग फराकिलो हार ब्यहोरेको हो । भारतले दिएको २९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ३३ रन बनाए । आकाश चन्द १८ रनमा र दुर्गेश गुप्ता २९ रनमा अविजित रहे ।

भारतका सौमी पाण्डेले सर्वाधिक ४ विकेट लिए । यस्तै अर्शिन कुलकर्नीले २ तथा राज लिम्बानी, आराध्य शुक्ला र मुरुगन अभिषेकले समान एक-एक विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रन बनाएको थियो । भारतका सचिन दासले सर्वाधिक ११६ रनको शतकीय पारी खेले ।

यस्तै कप्तान सहरानले पनि शतक बनाए । नेपालका गुलशन झाले ३ र आकाश चन्दले एक विकेट लिए । नेपाल सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग हारेको थियो । समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग हारेको नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७