चिलीको डढेलोका कारण कम्तीमा ५१ जनाको मृत्यु


२१ माघ २०८०, आईतवार
chili

चिली । मध्य चिलीको जंगलमा लागेको डढेलोका कारण कम्तीमा ५१ जनाको ज्यान लिइसकेको छ । सो घटनामा परी मृत्यु हुनेको संख्या अझै बढ्दै जाने सम्भावना देखिएको छ ।

चिलीका अधिकारीहरूका अनुसार आपतकालीन सेवाहरूले शहरी क्षेत्रतर्फ जान सक्ने आगो निभाउन संघर्ष गरिरहेको छ । ‘मध्य चिलीमा करिब १० लाख बासिन्दा रहेको भल्पराइसो क्षेत्रका धेरै भागहरूमा कालो धुवाँ आकाशमा उडिरहेको छ जबकि अग्नि नियन्त्रकहरूले हेलिकप्टर र ट्रकहरू प्रयोग गरेर आगो निभाउन संघर्ष गरिरहेका छन,’ स्थानीय स्मिथले भने ।

तटीय पर्यटक सहर भिना डेल मार वरपरका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन् र उद्धार टोलीहरू सबै प्रभावित क्षेत्रहरूमा पुग्न संघर्ष गरिरहेको चिलीका अधिकारीहरूले जनाएका छन् । भाल्पराइसोको अवस्था सबैभन्दा नाजुक छ किनभने २०१० को भूकम्पपछिको सबैभन्दा खराब विपत्तीको सामना गरिरहेको छ, जुन भुकम्पमा करिब ५०० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७