भारी हिमपात र आँधी चले पछि क्यालिफोर्नियामा आपतकाल घोषणा


२२ माघ २०८०, सोमबार
h 1

क्यालिफोर्निया । अमेरिकामा हिउँदे आँधीका कारण जनजीवन अस्तब्यस्त भएको छ । जसअनुसार क्यालिफोर्निया गभर्नर गेभिन न्यूजमले दक्षिणी क्यालिफोर्नियाका आठ काउन्टीहरूको लागि आपतकालिन अवस्थाको घोषणा गरेका छन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार हिउँदको आँधीले राज्यको धेरै भागमा उच्च हावा, क्षति पुर्‍याउने वर्षा र भारी हिमपातको साथ प्रभाव पार्न थाले पछि राज्य सरकारले यो निर्णय लिएको हो । सो घोषणा अनुसार लस एन्जलस, ओरेन्ज, रिभरसाइड, सान बर्नार्डिनो, सान डिएगो, सान लुइस ओबिस्पो, सान्ता बारबरा र भेन्टुरा काउन्टीहरू समावेश रहेका छन् ।

आपतकालीन घोषणा अनुसार क्यालिफोर्निया नेश्नल गार्डलाइ जानकारी गराएको खण्डमा प्रभावित बासिन्दाहरूलाई बेरोजगारी लाभहरू सहज बनाउने र आँधीबाट हुन सक्ने क्षतिको मर्मत गर्न सजिलो बनाउने जनाइएको छ । ‘क्यालिफोर्नियामा यो खतरनाक र सम्भावित जीवनलाई खतरामा पार्ने प्रभावहरूको साथ एक गम्भीर आँधी हो ।

कृपया स्थानीय अधिकारीहरूबाट कुनै पनि आपतकालीन आदेश वा अलर्टहरूमा ध्यान दिनुहोस् । क्यालिफोर्निया यस आँधीको प्रभावलाई प्रतिक्रिया दिन जमिनमा आपतकालीन सम्पत्तिहरूको रेकर्ड संख्याको साथ तयार छ,’ गभर्नर न्यूजमले भनेका छन् । सो घोषणा अघि गभर्नरले आँधी र राज्यको प्रतिक्रिया अद्यावधिकको लागि साक्रामेन्टो नजिकैको राज्य सञ्चालन केन्द्रको भ्रमण गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७