शान्ति बाटिकामा धर्ना बसेकालाई नगर प्रहरीले हटायो, शान्ति रावलद्वारा विष सेवनको प्रयास


२३ माघ २०८०, मंगलवार
Aarati rawal

काठमाडौं । सरकारले माइतीघरमा निषेधाज्ञा जारी गरेपछि शान्ति बाटिकामा धर्ना बसेकालाई काठमाडौं महानगरपालिकाले हटाएको छ । न्याय माग्दै धर्नामा रहेका पीडित र मिटरब्याज पीडितहरुलाई महानगर प्रहरीको टोलीले सामान प्याक गर्न लगाएर ठाउँ खाली गराएको हो । काठमाडौं महानगरपालिकाका सूचना अधिकारी दिपक अधिकारीले करिव एक वर्षदेखि धर्नामा रहेका उनीहरुका कारण रानीपोखरी क्षेत्र फोहोर बन्दै गएकाले लखट्न बाध्य बनेको बताए ।

नगर प्रहरीले बाहिर निकालेपछि न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावलले विष सेवनको प्रयास गरेकी छन् । नगर प्रहरीले तत्काल उनलाई रोकेका थिए । रावल २४ दिनदेखि शान्ति बाटिकामा अनसन बस्दै आएकी थिइन् । आफूलाई न्यायाधीश पतिले वैवाहिक बलात्कार गरेको भन्दै उनी कानूनी तथा सडक संघर्षमा छिन् । श्रीमानलाई थुनामा राखेर मुद्दा चलाउनुपर्ने मागसहित उनी अनसन बसेकी हुन् ।

शान्ति बाटिकामा अनसन र धर्नामा बसेकाहरूलाई लखेटेका हुन् । जसमा आरती रावल पनि एक हुन् । प्रहरीले सामान निकाल्न प्रयास गर्दा आरतीले आफूसँग रहेको विषको बोतल घुट्कयाउने प्रयास गरिन् । तर, प्रहरीले उनको हातबाट बोतल खोसेको हो । यस्तै शान्तिबाटीकाको मर्मतका लागि यसअघि नै ठेक्का सम्झौता भइसकेको र आर्थिक वर्ष पनि सकिन लागेको सन्दर्भकमा ठेकेदारले दबाब बढाउँदै गएकाले पनि उनीहरुलाई त्यहाबाट निकाल्न बाध्य भएको बताएका छन् । तर, पीडितहरुले भने कहाँ गएर न्याय माग्ने भन्दै प्रश्न गरेका छन् ।

पीडितहरूको प्रश्नमा महानगर प्रहरीले ‘सिंहदरबार जान’ जवाफ फर्काएको छ । मिटरव्याजको विरोधमा उनीहरु काठमाडौं आउँदा प्रर्दशनका लागि खुला मञ्चमा ठाउँ मागेका थिए । पछि महानगरले नै उनीहरुका लागि शान्बिाटीका सुरक्षित हुने भन्दै त्यही बस्ने व्यवस्था मिलाएको छ । त्यसमध्ये केही पीडितहरु घर फर्किए पनि नयाँ थपिएकाहरु भने आश्रयका लागि शान्ति बाटीका नै पुग्ने गरेका थिए । शान्तिबाटीकाबाट प्रर्दशनकारीहरुलाई उठाएपछि उनीहरुको व्यवस्थापनका लागि आफूहरु जिम्मेवार नभएको भन्दै संघीय सरकारलाई देखाएर महानगर भने पन्छिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७