यी हुन् त्रिवि उपकुलपतिका लागि ‘सर्टलिस्ट’ मा परेका १४ नाम, को–को परे ?


२६ माघ २०८०, शुक्रबार
Tu upa

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस समितिले आवेदन दिएका ४३ मध्ये १४ जनाको नामवली सार्वजनिक गरेको छ ।

१४ जनाको ‘सर्टलिस्ट’ मा पर्नेहरुमा कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौडेल, टङ्कनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुुसाल र सूर्यबहादुर थापा छन् । आवेदन दिएका ४३ जनामध्ये व्यक्तिगत विवरणसहित कार्ययोजना र सोचपत्रको मूल्यांकन गरी ‘सर्टलिस्ट’ तयार पारिएको समितिले जनाएको छ ।

सर्टलिस्टमा परेकाहरुको आउँदो माघ २९ देखि फागुन २ गतेसम्म प्रस्तुतीकरण र अन्तर्वार्ता हुने गरी तालिका तय भएको छ । अन्तर्वार्तापछि तीन जनाको नाम कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सिफारिस गरिने समितिले जनाएको छ । अन्तर्वार्ताबाट छानिने तीन जनामध्ये एक जना उपकुलपतिमा नियुुक्त हुनेछन् ।

गएको कात्तिक १७ देखि त्रिभुवन विश्वविद्यालयमा उपकुलपति पद रिक्त छ । यसअघिका उपकुलपति धर्मकान्त बाँस्कोटाको ४ वर्षे कार्यकाल पूरा भएपछि शिक्षाध्यक्ष शिवलाल भुसाललाई बढीमा ३ महिनाका लागि निमित्तको जिम्मेवारी दिइएको थियो । नयाँ नियुक्तिमा ढिलाइ भएपछि भुसाललाई फेरि ३ महिनाका लागि जिम्मेवारी दिइएको छ ।

shortlist

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७