‘सफल पोखरा म्याराथन’ का तीनै उपाधि केन्याली धावकलाई, हाफ म्याराथनतर्फ सन्तोषी पहिलो


५ फाल्गुन २०८०, शनिबार
marathon2

पोखरा । १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२४ मा केन्याका जुलियास मुरौकी वाहोम विजेता भएका छन् । साविक उपविजेता ३८ वर्षीय जुलियास यसपालि च्याम्पियन बन्दै नगद ५ लाख रुपैयाँ पुरस्कार जित्न सफल भए । नेपाल भूतपूव खेलाडी मञ्च आयोजनामा पोखरामा शनिबार भएको ४२ दशमलब १९६ किमीको खुला म्याराथनमा उनीसहित केन्याकै धावक दोस्रो र तेस्रो हुन सफल भए ।

marathon

विजेता जुलियासले निर्धारित दूरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पार गरेका हुन् । गत उनले २ घण्टा २० मिनेट ३७ लगाएका थिए । केन्याका आइज्याक किहारा किमिरीले निर्धारित दूरी २ घण्टा २० मिनेट ५ सेकेण्डमा पार गदैै दोस्रो भए । त्यस्तै, एड्विन किप्लागट मिरितिमले थप ४० सेकेण्ड बढी लगाउँदै तेस्रोमा सीमित भए। नेपालको किरण बोगटी चौंथो भए । उनीहरूले क्रमशः ३ लाख, २ लाख र ३० हजार साथमा मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् ।

विभिन्न ९ इभेन्टमा भएको सफल म्याराथनको मुख्य इभेन्ट खुलातर्फ १ सय ८ जना धावकले भाग लिएका थिए । नेपालसहित १६ राष्ट्रका धावकले भाग लिएको प्रतियोगितामा महिलातर्फ २१ दशमलब ०९७ किमीको हाफ म्याराथन, पुरुष–महिला १० किमी, छात्र–छात्रा ५ किमी, महिला–पुरुष भेट्रान्स ५ किमी, रन फर फन भएको थियो । अपांगतातर्फको दौड भने गत साता सम्पन्न भइसकेको हो ।

पोखरा म्याराथन नेपालकै सर्वाधिक पुरस्कार राशि भएको म्याराथन समेत हो। विभिन्न इभेन्टअन्तर्गत ४१ जना विजेतालाई पुरस्कारमा मात्रै १८ लाख १६ हजार नगद प्रदान गरिएको आयाजक मञ्च अध्यक्ष हरिप्रसाद पराजुलीले बताए । म्याराथनमा टेक्निकल डिभाइस चिप्स प्रयोग गरिएको प्रदेश खेलकुद परिषद् गण्डकीका निवर्तमान सदस्यसचिव एवं मञ्चका निवर्तमान पूर्व अध्यक्ष तेजबहादुर गुरुङले बताए ।

गत वर्ष म्याराथनहरूको अन्तर्राष्ट्रिय छाता संस्था एम्समा दर्ता भएको पोखरा म्याारथन पोखरा रंगशालादेखि सुरु भएर फेवाताल किनार क्याम्पिङ चोकमा पुगेर समापन भएको हो । सुजल डेरीको उत्पादन सफल दूधको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा रन फर फनअन्तर्गत सयौं धावक एकै पटक दौडिँदा पोखरा गुलजार बनेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७