नेदरल्याण्ड्सविरुद्ध नेपालको शानदार जित


५ फाल्गुन २०८०, शनिबार
Nep 3.jpg

काठमाडौं । आइसीसी विश्वकप लिग-२ क्रिकेट अन्तर्गत भएको खेलमा नेपालले आज (शनिबार) शानदार जित हात पारेको छ । पहिलो खेलमा नामिवियासँग ४ विकेटले हारेको नेपालले दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको छ ।

नेपालले १५ दशमलव २ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । अन्तिममा १ रन चाहिएको बेला अनिलले चौका हानेपछि नेपालले १४१ रन बनाएको थियो । नेपालको जितमा भुर्तेलको ४ विकेट र उनले सुरुवातमा हानेको २८ रन महत्वपूर्ण रह्यो। भुर्तेलले सुरुवातमै चौका र छक्काको वर्षा गर्दै ११ बलमा २८ रन बनाए । उनी किङ्माको बलमा लिडेद्धारा क्याच भए ।

यसबाहेक नेपाली खेलाडी अनिल साह र आशिफ शेखले अर्धशतक पूरा गरे । नट आउट रहेका साहले ३६ बलमा ६ चौका र ४ छक्काको मद्दतमा ५७ रन हाने । यस्तै उनलाई साथ दिएका आशिफले पनि नटआउट ४५ बलमा ४ चौका र १ छक्काको मद्दतमा ५४ रन जोडे ।

यसअघि किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले बलिङ गरपछि ब्याटिङ गरेको पाहुना टोली नेदरल्याण्ड्सले ३९ ओभरमा सबै खेलाडी गुमाएर १३७ रन बनाएको थियो । नेदरल्याण्ड्सलाई सस्तैमा रोक्न नेपाली खेलाडी कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिएका थिए । ७ ओभर बलिङ गरेका उनले २० रन खर्चिएर ४ विकेट लिएका थिए । यस्तै २ विकेट ललित राजवंशीले लिए भने सोमपाल कामी र रोहित पौडेलले एक–एक विकेट लिए । ललितले १० ओभरमा ३२ रन खर्चिएका थिए । सोमपालले ७ ओभरमा २ मेडेन राखेर २४ रन दिए ।

कप्तान रोहित पौडेलले १ ओभरमा ३ रन खर्चिएर १ विकेट लिन सफल भए। नेदरल्याण्ड्सका कप्तान स्कट इडवार्डसले सर्वाधिक ३३ रन जोड्न सफल भए । ४९ बलमा ३३ रन जोडेका कप्तान स्कट भुर्तेलको बलमा एलबिडब्लु भएका थिए । यस्तै डच खेलाडी बास डि लिडे २७ रन तथा सिब्राण्डले २३ रनको योगदान दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७