जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पुगे सन्दीप


१० फाल्गुन २०८०, बिहीबार
sandeep

काठमाडौं । जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध पुनरावेदन गर्न क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत पाटन पुगेका छन् । अदालतको निर्णयमा असन्तुष्टि जनाउँदै लामिछाने पुनरावेदनका लागि आफ्ना वकिलसहित बिहीबार अदालत पुगेका हुन् । अहिले मुद्दा दर्ताको प्रक्रियामा रहेको अदालत स्रोतले जानकारी दिएको छ ।

जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी मुद्दामा लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने फैसला गरेको थियो ।
नाबालिग बलात्कारको आरोपमा गौशाला–२६ ले लामिछानेविरुद्ध गत वर्ष भदौ २१ गते गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

तर, अदालतले जबरजस्ती करणीको जाहेरी दिने किशोरी नाबालिग नरहेको ठहर गरेको छ । काठमाडौंको गौशालास्थित एक होटलमा लगेर बलात्कार गरेको आरोपमा पीडितले उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले लामिछानेलाई २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी मुद्दा अघि बढाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७