प्रधानमन्त्री दैवि प्रकोप राहत कोषमा क्यानको २० लाख सहयोग


१२ फाल्गुन २०८०, शनिबार
can 1

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा २० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । आज (शनिबार) बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर क्यानका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर उक्त रकम प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा जम्मा गर्न हस्तान्तरण गरेका हुन् ।

आईसीसी टी २० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गतनेपाल र ओमान बीच फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम कोषमा सहयोग गरेको क्यानले जनाएको छ ।

क्यानले गत कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पका पीडितको क्षतिको सहयोगार्थ आईसीसी टी २० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत नेपाल र ओमानबीच फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम बाचा गरे अनुरुप आज प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग गरेको बताएको छ । साथै क्यानले सम्पूर्ण घाइते भूकम्पपीडितको स्वास्थ्य लाभको कामनासहित भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७