२७३ किलो गाँजासहित एम्बुलेन्स नियन्त्रणमा


१३ फाल्गुन २०८०, आईतवार
ambulance gaja

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराबाट गाँजासहितको एम्बुलेन्सलाई सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।

बिरामी बोक्ने एम्बुलेन्समा लागुऔषध गाँजा बोकेर ल्याएको १ च २९३७ नम्बरको एम्बुलेन्स सशस्त्र प्रहरीको सुरक्षा बेस चतराले आइतबार नियन्त्रणमा लिएको हो ।

चतराबाट सूर्यकुण्ड जाने भित्री सडकखण्डमा शंकास्पद अवस्थामा रोकी राखेको सो एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको २७३ किलो गाँजा बरामद गरिएको छ । बरामद गाँजा तथा एम्बुलेन्स आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्याल्य महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको सुरक्षा बेस चतराले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७