चेल्सीलाई हराउँदै लिभरपुलले जित्यो इएफएलको उपाधि


१४ फाल्गुन २०८०, सोमबार
liverpool.jpg 4

काठमाडौं । लिभरपुलले इएफएल (काराबाओ) कप जितेको छ । गए राति सम्पन्न फाइनल खेलमा चेल्सीलाई १–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले इएफएल कपको उपाधि जितेको हो ।

लिभरपुलको जितमा खेलको ३० मिनेटको अतिरिक्त समयमा भिर्गिल भान डाइकले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । उनले खेलको ११८औं मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै लिभरपुलले इएफएल कप सबैभन्दा बढी १० पटक जितेको छ । इएफएल कप लिभरपुलपछि म्यानचेस्टर सिटीले ८, म्यानचेस्टर युनाइटेडले ६, चेल्सी र एस्टन भिल्लाले ५–५ पटक जितेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७