टालिस्काको निर्णायक गोलमा अल नासर विजयी


१४ फाल्गुन २०८०, सोमबार
nassr.jpg 4

काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल शबाबलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा अल नासरले अल शबाबलाई ३–२ गोल अन्तरले पराजित गरेका हुन् ।

अल नासरको जितमा खेलको ८६औँ मिनेटमा टालिस्काले निर्णायक गोल गरेका थिए । यस खेलमा उनले यसअघि ४६औं मिनेटमा पनि गोल गरेका थिए । त्यस्तै क्रिस्टियानो रोनाल्डोले यस खेलको २१औं मिनेटमा अल नासरले पाएको पेनाल्टीलाई गोलमा परिणत गरेका थिए । त्यसैगरी अल शबाबका लागि यानिक कारास्को र कार्लोसले एक–एक गोल गरेका थिए । यस खेलको अतिरिक्त समयको १०२ मिनेटमा अल शबाबका अब्दुल्लाह राडीफले रातो कार्ड पाएका थिए ।

यो जितपछि अल नासरले महत्वपूर्ण ३ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको अल हिलालसँगको दूरी कम गरेको छ । अल नासरको २१ खेलमा ५२ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा छ । त्यसैगरी एक खेल कम खेलेको अल हिलालको भने २० खेलमा ५६ अंक रहेको छ । त्यसैगरी अल शबाबको २१ खेलमा २४ अंक रहेको छ र लिगमा ११औं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७