प्रहरीको गोली लागेर ज्यान गुमाएका साहको परिवारलाई १० लाख दिने सरकारको निर्णय


१४ फाल्गुन २०८०, सोमबार
sharlahi

काठमाडौं । सर्लाहीको बरहथवामा प्रदर्शनका क्रममा प्रहरीको गोली लागि ज्यान गुमाएका जयशंकर साहको परिवारलाई सरकारले १० लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साहका परिवारलाई १० लाख राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । गत पुस २० गते प्राथमिक स्वास्थ्य केन्द्रको विषयमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली लागेर साहको मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७