दरबारमार्गको नाइट क्लवकी युवतीमाथि सामुहिक बलात्कार, आरोपित ट्याक्सी चालक पक्राउ


१८ फाल्गुन २०८०, शुक्रबार
Rape 2

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित आई क्लबमा काम गर्ने एक महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा ट्याक्सी चालक पक्राउ परेका छन् । आई क्लबमा काम गर्ने युवतीहरुलाई बिहान घर पुर्‍याउने जिम्मेवारी पाएका ५८ वर्षीय पदम घ्याम्चो तामाङ पक्राउ परेका हुन् । माघ २० गतेको सो घटनामा अर्का २९ वर्षीय दीपकबहादुर श्रेष्ठमाथि पनि बलात्कारको आरोप लागेको छ ।

जाहेरवालाले आफू क्लबमा आउने ग्राहकहरुसँग बसेर मदिरा सेवन गर्ने गरेको उल्लेख गरेकी छन् । राति काम सकेर क्लबमा काम गर्ने पाँच युवतीलाई बिहान साढे ४ बजे ट्याक्सीमा राखेर पदमले घर पुर्‍याउने क्रममा आफूलाई भने गोठाटारस्थित शैलुङश्वरी होटल एण्ड लजमा पुर्‍याएर उनीसहितले बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

जाहेरवालाले माघ २० गते अपरान्ह ४ बजे मात्र मदिराले छोडेर आफ्नो होश खुल्दा नग्न अवस्थामा पाएपछि बलात्कृत भएको थाहा पाएको प्रहरीसामु बताएकी छन् । पक्राउ परेका पदमको दाबीअनुसार घर पुर्‍याउने क्रममा जाहेरवाला ट्याक्सीबाट बाहिर निस्कनै सक्ने अवस्थामा नभएकाले जम्बु डाँडामा पुगेर सार्वजनिक स्थानमा पार्किङ गरेका थिए ।

त्यति बेलै उनका साथी दीपक प्राइभेट कार लिएर त्यहाँ पुगेका थिए । उनले ट्याक्सीभित्र युवती देख्नेबित्तिकै होटल जाने आशय व्यक्त गरेर उनले होटल लगेको दाबी गरेका छन् । पछि जाहेरवालाले नै बोलाएपछि आफू उनी बसेको कोठामा पुगेको उनको दाबी छ । पदमका अनुसार जाहेरवालाकै आग्रहमा उनीहरुबीच शारीरिक सम्पर्क भएको थियो । यो घटनामा सुजन भने फरार छन् । दुवै जनाविरुद्ध ७ देखि १० वर्षसम्म कैद सजाय माग गरेर अभियोगपत्र दायर भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७