काठमाडौँ महानगरविरुद्ध कवाडी संकलकहरूको विरोध प्रदर्शन


१८ फाल्गुन २०८०, शुक्रबार
kawadi

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्णयविरुद्ध कवाडी संकलकहरूले आज (शुक्रबार) विरोध प्रदर्शन गरेका छन् । अनधिकृतरूपमा रहेका संकलन केन्द्रहरूमा महानगरले डोजर चलाउन लागेपछि कवाडी संकलकहरू आक्रोशमा आएका हुन् ।

यसअघि माघ १९ मा महानगर अन्तर्गत आफ्नो क्षेत्रभित्र दर्ता भई व्यवसाय गर्दै आएका कवाडी व्यवसायीलाई व्यवसाय हटाउन भन्दै वडा कार्यालयमार्फत पत्र पठाएको थियो । प्रदूषण, आगलागी लगायतको जोखिम भएको भन्दै कवाड संकलन केन्द्र हटाउन ३५ दिने सूचना जारी गरेको थियो ।

त्यसपछि कवाड व्यवसायी संघ नेपालले महानगरको उक्त निर्णयप्रति आपत्ति जनाउँदै विज्ञप्ति नै जारी गरेको थियो । आफूहरूले प्रचलित कानूनबमोजिम दर्ता भएर सरकारलाई तिर्नुपर्ने कर तिर्दै आएको भन्दै निर्वाध रूपमा व्यवसाय संचालन गर्न दिन उनीहरूले माग गरेका छन् । तर महानगरले कवाड संकलन केन्द्रमा डोजर चलाएपछि आज प्रदर्शनमा उत्रिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७