खाद्य विभागका अधिकृत घुस प्रकरणमा दोषी ठहर, तोकियो सजाय र जरिवाना


१८ फाल्गुन २०८०, शुक्रबार
Akhtiyar

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृत योगेन्द्र ढुङ्गेल घुस लिएको आरोपमा दोषी ठहर भएका छन् । विशेष अदालतले आज (शुक्रबार) ढुङ्गेललाई दोषी ठहर गरेको हो ।

ढुङ्गेललाई ८ महिना कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना सुनाएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । ढुङ्गेललाई एक लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७