आयरल्याण्डले हासिल गर्‍यो टेस्ट क्रिकेटमा पहिलो जित


१८ फाल्गुन २०८०, शुक्रबार
Irland.jpg

काठमाडौं । आयरल्याण्डले टेस्ट क्रिकेटमा पहिलो जित हासिल गरेको छ । युएईमा जारी अफगानिस्तानसँगको एक टेस्ट खेलमा आयरल्याण्डले अफगानिस्तानलाई ६ विकेटले पराजित गर्दै टेस्ट क्रिकेटमा पहिलो जित हासिल गरेको हो ।

अफगानिस्तानले दिएको १११ रनको लक्ष्य आयरल्याण्डले ४ विकेट गुमाउँदै पुरा गरेको थियो । यस टेस्टमा अफगानिस्तानले पहिला ब्याटिंग गर्दै पहिलो इनिंगमा १५५ रन बनाएको थियो भने आयरल्याण्डले पहिलो इनिङ्गमा २६३ रन बनाएको थियो । त्यस्तै अफगानिस्तानले दोस्रो इनिङ्गमा २१८ रन बनाएको थियो ।

२०१८ मा टेस्ट खेल्ने मान्यता पाएको आयरल्याण्डले आठौँ खेलमा पहिलो जित हासिल गरेको छ । आयरल्याण्डले यसअघि २०१८ मा पाकिस्तानविरुद्ध पहिलो टेस्ट खेलेको थियो । आयरल्याण्डले अहिलेसम्म पाकिस्तान, अफगानिस्तान, इङल्याण्ड, श्रीलंका र बंगलादेशसँग टेस्ट खेल खेलेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७