श्रीमतीको हत्या गरेर श्रीमान फरार, प्रहरीले थाल्यो घटनाको अनुसन्धान


१९ फाल्गुन २०८०, शनिबार
hatya sankhuwasabha

संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीमा श्रीमतीको हत्या गरेर श्रीमान फरार भएका छन् । खाँदबारी नगरपालिका –७ स्थित आर्मी क्याम्प नजिकै घरायसी विवादमा श्रीमतीको हत्या गरेर श्रीमान फरार भएका हुन् । गए राति खाँदबारी–७ स्थित आर्मी क्याम्प नजिकै २६ वर्षीया विना राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जगेवुले जानकारी दिएका छन् ।

घरायसी विवाद हुँदा खाँदबारी नगरपालिका–११ आङ्ला घर भई खाँदबारी बस्ने २७ वर्षीय मंसिरे शेर्पाको कुटपिटबाट श्रीमती विनाको हत्या भएको प्रहरी निरीक्षक जगेवुले जानकारी दिए । शेर्पाले कुटपिट गरी श्रीमती विनाको हत्या गरेको खुल्न आएको प्रहरी निरीक्षक जगेवुले बताएका छन् ।

मृतक राईको शरीरका विभिन्न भागमा चोट र नीलडाम देखिएको छ । हत्या लगत्तै शेर्पा फरार भएकाले शेर्पाको खोजी भइरहेको प्रहरीले जनाएको छ । शेर्पा खाँदबारी नगरपालिका –११ आङ्ला घरभई खाँदबारी नगरपालिका–१ मा बस्दै आएका थिए ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मृतकको शव पोष्टमार्टमका लागि संखुवासभा जिल्ला अस्पतालमा राखिएको छ । शेर्पा केही वर्षयता सवारी चालक पेशामा आबद्ध थिए । प्रहरीले हत्याको विषयमा अनुसन्धान थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७