नयाँ सत्ता गठबन्धनको वैठक दिउँसो साढे २ बजे, शक्ति बाँडफाँटको सहमति गरिंदै


२१ फाल्गुन २०८०, सोमबार
Gathabandhan news with amale 2
फाइल फोटो

काठमाडौँ । नयाँ सत्ता गठबन्धनको बैठक बस्ने तयारी भइरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार दिउँसो साढे २ बजे बस्ने नयाँ गठबन्धन बैठकमा मन्त्रालय भागबण्डासहित प्रदेशमा सत्ता समीकरणलगायतका विषयमा लिखित सहमति गर्ने तयारी छ ।

हालसम्म एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याल मन्त्री बन्ने चर्चा छ । ‘उक्त बैठकमा दलहरूबीच सबै खालको शक्ति बाँडफाँटको टुंगो गर्ने कुरा भएको छ’, ती नेताले भने, ’सबै शक्ति बाँडफाँटपछि सरकारलाई अघि बढाउने तयारी नेताहरूले गरेका छन् ।’

गत वर्ष पुस १० गते बनेको एमाले–माओवादी गठबन्धन भत्काएर त्यसपछि फागुनमा कांग्रेसले पुरानै पाँच दलीय समीकरण फर्काएको थियो । तर, केही दिनयताको बाक्लो छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेससँग काम नगर्ने निष्कर्षसहित एमालेसँगको सत्ता सहयात्रालाई फेरि एक पटक रोजेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७