एकीकृत समाजवादी र लोसपासँग नयाँ गठबन्धनले छलफल गर्दै


२२ फाल्गुन २०८०, मंगलवार
Gathabandhan news with amale 2
फाइल फोटो

काठमाडौं । नयाँ सत्ता गठबन्धनले एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी (लोसपा) पनि छलफल गर्ने भएको छ । ती दललाई छलफलका लागि आज (मंगलबार) दिउँसो दुई बालुवाटार बोलाइएको जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

नयाँ गठबन्धनसँग सहकार्य गरेर जाने सन्दर्भमा कुराकानी गर्न लोकतान्त्रिक समाजवादी र एकीकृत समाजवादीलाई बोलाइएको उनले बताएका छन् । नेपाली कांग्रेससँगको सहकार्य तोडेर सोमबार नयाँ सत्ता गठबन्धन बनेको छ । अहिलेको गठबन्धनमा नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, र जनता समाजवादी पार्टी छन् । उनीहरूबीच सत्ता सहकार्यका लागि हिजो (सोमबार) साँझ आठ बुँदे सहमति समेत भएको छ ।

नयाँ सत्ता गठबन्धनबाट हितबहादुर तामाङ, पदम गिरी, डोलप्रसाल अर्याल (डिपी) ले मन्त्रीको शपथसमेत लिइसकेका छन् । मन्त्रालयको टुंगो नलागेकाले जिम्मेवारी पछि तोकिने गरी उनीहरूले पथ तथा गोपनीयताको शपथ लिइसकेका छन् । सोमबार साँझै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड) र माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । अस्वस्थ भएर स्वास्थ्य लाभ गरिरहेका अध्यक्ष नेपाललाई भेट्न प्रधानमन्त्री र उपाध्यक्ष श्रेष्ठ निवासमै पुगेका थिए । भेटमा नयाँ गठबन्धनमा सहकार्य गर्न प्रस्ताव गरिएको माओवादी केन्द्रका महासचिव देव गुरूङले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७