नेदरल्याण्ड्सविरुद्ध नेपालले गुमायो दोस्रो विकेट : कप्तान पौडेल ‘आउट’


२२ फाल्गुन २०८०, मंगलवार
ne

काठमाडौं । टी–२० आई त्रिदेशीय श्रृंखलाको फाइनलमा नेपालले दोस्रो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको घरेलु टोली नेपालका कप्तान रोहित पौडेललाई नेदरल्याण्ड्सले आउट गरेको हो ।

माइकल लेभिटको बलमा पौडेललाई स्कट एडवार्ड्सले क्याच आउट गराए । पौडेलले १ छक्का र ३ चौकासहित २५ रन बनाए । त्यस अगाडि २ छक्कासहित २० रन बनाएका ओपनर कुशल भुर्तेललाई नेदरल्याण्ड्सका भ्यान डेरले चौथो ओभरको तेस्रो बलमा बोल्ड गरेका थिए । नेपालले ९.२ ओभरमा २ विकेट गुमाउँदै ८२ रन बनाएको छ । अहिले क्रिजमा आसिफ शेख र गुलसन झा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७